वन पैदावरको प्रयोग बढाएर काठमा आत्मनिर्भर बन्ने सरकारको उद्घोष
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि काठ र काठजन्य वस्तुमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । नेपालमा रहेका वनजन्य स्रोतको सदुपयोग र व्यवस्थित गर्दै काठजन्य वस्तुमा आत्मनिर्भरको योजना बनाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमा आत्मनिर्भर बन्ने योजना सुनाएका हुन् । उनले तीनै तहका सरकारको सहकार्यमा वन व्यवस्थापन तथा संरक्षण गर्ने बताए ।
उनले दिगो वन व्यवस्थापनमार्फत काठमा आत्मनिर्भर तथा वनजन्य स्रोतको सदुपयोग गर्ने बताए । यस्तै, विकास निर्माणमा भइरहेको वनको झन्झटलाई समेत घटाउने राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले नीजि वनको प्रवर्द्धन गर्ने नीति समेत सरकारले लिएको बताए । काठ तथा अन्य वन पैदावरको आयातलाई निरुत्साहित गर्ने तथा सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन गर्न एकीकृत कार्यक्रम सञ्चालनमा ल्याउने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण