शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफको दौडबाट बाहिर

शनिबार, ०६ जेठ २०८०, ०६ : ०८
शनिबार, ०६ जेठ २०८०

धर्मशाला । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफ दौडमा आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिर छ। राजस्थान रोयल्सले चालु सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिगका सबै खेल खेलेपछि उनको खातामा १४ अंक छ भने पञ्जाबको टोलीले १२ अंक मात्र जोड्न सकेको छ । यस्तो अवस्थामा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बेंगलुरुको ठूलो हारको लागि प्रार्थना गर्नुपर्नेछ।

धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पुरा गरेको थियो ।

खेलमा पन्जाबले राम्रो सुरुवात गर्न सकेन । टोलीले ५० रनमा ४ विकेट गुमाएको थियो । यस्तो अवस्थामा साम करणले जितेश शर्मा र शाहरुख खानसँग मिडल अर्डरमा अर्धशतकीय साझेदारी गरे । पञ्जाबका लागि साम करण ४९ रनमा अविजित भए भने शाहरुख खानले अविजित ४१ रन बनाए । उनीअघि विकेटकिपर जितेश शर्मा ४४ रन बनाएर आउट भए ।राजस्थानका नवदीप सैनीले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक एक विकेट लिए ।

जवाफी इनिङ्समा राजस्थानका ओपनर यशस्वी जैसवालले ५० र देवदत्त पद्दिकलले ५१ रन बनाए । अन्तिममा सिमरोन हेटमायरले २८ बलमा ४६ रनको इनिङ खेले । पञ्जाबका कागिसो रबाडाले २ विकेट लिए भने साम करन, अर्शदीप सिंह र नाथन एलिसले एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप