सरकारी कार्यालयमा राष्ट्रप्रमुखको तस्बिरको ठाउँमा जनप्रतिनिधिका बुबाको तस्बिर
बारा । सरकारी कार्यालयमा बहालवाला राष्ट्रपति तथा प्रधानमन्त्रीको ठाउँमा जनप्रतिनिधिले आफ्नो बुवाको तस्बिर झुन्डाएका छन् । जीतपुर सिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले आफ्नो कार्यकक्षमा बहालवाला राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिरको ठाउँमा स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका छन् ।
नेपाल सरकार मातहत रहेका कार्यालयमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर झुन्डाउने प्रचलन छ । सरकारले सार्वजनिक गरेको सरकारी मर्यादाक्रममा राष्ट्रपति पहिलो र प्रधानमन्त्री तेस्रो स्थानमा छन् । स्थानीय तह निर्वाचन सम्पन्न भएको १ वर्ष बितेको छ । एमालेबाट निर्वाचित भएका वडाध्यक्ष गुप्ताको कार्यकक्षमा निवर्तमान राष्ट्रपति विद्यादेखि भण्डारीको मात्रै तस्बिर छ । वडाध्यक्ष गुप्ताले बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर उपमहानगरसँग मागे पनि हालसम्म नपाएको बताए । ‘कार्यालयका लागि मैले बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर उपमहानगरसँग मागेको छु तर, उहाँहरूले दिनुभएको छैन’ वडाध्यक्ष गुप्ताले भने ।

जनप्रतिनिधिले आफ्नो कार्यकक्षमा परिवारको निजी तस्बिर राख्दा नजिर गलत बस्ने उपमहानगरले जनाएको छ । जीतपुर सिमरा उपमहानगरका कानुनी सल्लाकार दामोदर पौडेलले भने, ‘कानुनले अनिवार्य भनेको छैन तर वडाध्यक्षले आफ्नो बहालवाला कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्री तस्बिर नराख्ने तर आफ्नो परिवारको सदस्यहरूको निजी तस्बिर कार्यालयमा राख्नु नैतिक रूपमा गलत हो ।’
जीतपुर सिमरा उपमहानगरका प्रशासकीय प्रमुख हरिलाल पुरीले कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिरको ठाउँमा निजी तस्बिर झुन्डाउन नमिल्ने बताउँछन् । ‘उपमहानगरले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नपठाएको होइन, उहाँले माग्नुभयो भने आज लैजान सक्नहुन्छ,’ प्रशासकीय प्रमुख पुरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण