नाउपालाई बाहिरै राखेर मन्त्रिमण्डल विस्तार
धनगढी । सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो ।
नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो सुनाए । उनले भने, ‘हामीलाई जुन सकै सरकारमा बाइपास गरियो । अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’
योसँगै यहाँको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण