स–साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा
रसुवा । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स–साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिएका छन् । मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिएका हुन् ।
पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले मेलमिलापका विषयमा रसुवाका बासिन्दामाझ जागरण ल्याउने विश्वास गरिएको छ । मेलमिलाप के हो ? मेलमिलापकर्ताको भूमिका, सामुदायिक मेलमिलापको अर्थ, विवादका प्रकार, मेलमिलापमा अपनाउनुपर्ने प्रक्रियाजस्ता विविध विषयमा यथेष्ट ज्ञान दिलाउने उद्देश्यले आयोजित अन्तक्र्रियामा कानुनका मर्म र भावना प्रष्ट पारिएको थियो ।
कार्यक्रममा क्रियाशील मेलमिलापकर्ता एवं मेलमिलापमा अभिरुचि राख्ने युवापङ्क्तिको समेत ठूलो सङ्ख्यामा सहभागिता थियो । आगामी दिनमा हुने मेलमिलापका काम छिटो–छरितो हुनेमा न्यायालय आशावादी रहेको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् ।
रसुवामा भइरहेको मेलमिलापका गतिविधि प्रस्तुत गर्दै जिल्ला अदालत रसुवाका न्यायाधीश रामचन्द्र पौडेलले मेलमिलापसम्बन्धी ऐन तथा नियमावलीको सिद्वान्तमा अगाडि बढ्न सहभागीलाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण