रियल सोसिएडाडसँग हार्यो बार्सिलोना, घरेलु समर्थकसँग उपाधिको खुसीयाली मनायो
काठमाडौं । स्पेनिस ल लागि फुटबलको शनिबार राति खेलिएको खेलमा बार्सिलोना पराजित भएको छ । जारी सिजनको ला लिगो उपाधि भने यसअघि नै बार्सिलोनाले जितिसकेको छ ।
रियल सोसिएडाडले बार्सिलोनालाई २—१ गोलले हराएको हो । उपाधि जितेयता पहिलो पटक बार्सिलोना पराजित भएको हो । तालिकाको चौथो स्थानमा रहेको रियल सोसिएडाडले भने आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
लिग लिडर बार्सिलोनाले ३५ खेलबाट ८५ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन रियल म्याड्रिडको ३४ खेलबाट ७१ अंक छ । तेस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडको ३४ खेलबाट ६९ अंक र पाँचौं स्थानमा आसिन रियल सोसिएडाडको ३५ खेलबाट ६५ अंक छ ।
बार्सिलोनाको घरेलु मैदानमा खेल सुरु भएको पाँचौं मिनेटमै मिकेल मेरिनोले रियल सोसिएडाडलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल सोसिएडाड अगाडि रह्यो । खेलको ७२औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले रियल सोसिएडाडको अग्रता दोब्बर बनाएका थिए ।
निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि अनुभवी खेलाडी रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनाका लागि सान्त्वना गोल गरेका थिए । बार्सिलोनाले गत साता खेलिएको खेलमा स्पान्योललाई हराउँदै जारी सिजनको उपाधि आफ्नो नाममा लेखाएको थियो ।
रियल सोसिएडाडसँगको खेलपछि घरेलु मैदानमा बार्सिलोनाले उपाधि जितेको खुसीयाली पनि मनाएको थियो । बार्सिलोनाका खेलाडीले हजारौं घरेलु समर्थकका अगाडि ला लिगाको ट्रफी उचालेर खुसीयाली मनाएका थिए ।
बार्सिलोनाले हालसम्म २७ पटक ला लिगाको उपाधि जितेको छ । पछिल्लो पटक बार्सिलोनाले सन् २०१८÷१९ सिजनमा ला लिगा जितेको थियो । सबैभन्दा बढी ला लिगाको उपाधि जित्ने क्लब भने रियल म्याड्रिड हो । साविक विजेतासमेत रहेको रियल म्याड्रिडले हालसम्म ३५ पटक ला लिगाको उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण