मधेस प्रदेशमा सरकारलाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै
काठमाडौँ । मधेस प्रदेश सरकारको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् ।
जसपा नेतृत्वमा रहेको मधेस सरकारमा कांग्रेस, लोसपा, नेकपा (एकीकृत समाजवादी) लाई सहभागी गराउने विषयमा छलफल हुन्छ । शुक्रवार बसेको गठबन्धनको बैठकले मधेस प्रदेशको सरकार आलोपालो सञ्चालन गर्ने र पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएसँग त्यसलाई विस्तार गर्ने भएको छ ।
आज जनकपुरमा बस्ने गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड लगायतको विषयमा छलफल हुने बताइएको छ । मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । यसअघि एमालेले चार वटा मन्त्रालय सम्हालेको थियो । एमाले सरकार छाडेर निस्किसकेको छ ।
जसपाले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय सम्हाल्दै आएको छ भने जनमत पार्टीले दुई, माओवादीले एउटा मन्त्रालय सम्हाल्दै आएको छ ।
एमालेले छाडेर गएको चार वटै मन्त्रालय काँग्रेसले माग गरेको छ भने लोसपा र नेकपा (एस) ले दुई–दुई वटा मन्त्रालय माग गरेका छन् । यसरी माग गरिएको आधारमा मन्त्रालय माग गरे भने पाँच वटै दललाई मन्त्रालय नपुग्ने अवस्था रहेको छ । जसपा नेपालका एक नेताले भने, मुख्यमन्त्री सहित जसपाले दुई, काँग्रेसले तीन, जनमतले दुई, नेकपा (एस), माओवादी र लोसपाले एक–एक वटा मन्त्रालय बाँडफाँड गर्दा मिल्ने रहेछ ।’
कांग्रेसले चार वटा मन्त्रालयको अडानमा रही रह्यो भने जसपाले दुइटा मन्त्रालय छोड्नुपर्ने हुन्छ ।
मधेस प्रदेशको सत्ता गठबन्धनमा सबभन्दा ठुलो दल कांग्रेस रहेको छ । उसको संसद् सङ्ख्या २२ रहेका छन् । त्यसपछि दोस्रोमा जसपा रहेको छ । उसको संसद् सङ्ख्या १९, जनमत पार्टीको १३, लोसपा र माओवादी ९–९ र नेकपा (एस) को सात सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण