पूर्वप्रधानमन्त्री ओलीको प्रश्न– ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?
काठमाडौँ । पूर्वप्रधामन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा चासो राखेका छन् । आइतबार संसदमा प्रस्तावित बजेटको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?’
आफ्नो सरकारको पालामा आर्थिक तथा सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कार्यक्रम गरेको बताउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले दुई वर्ष विपक्षीको विरोध र सत्ताको भागबण्डा र लुछाचुँडीमा बिताएको आरोप लगाए ।
ओलीले भने, ‘हामीले डिजिटल नेपाल फ्रेमवर्कको अवधारण ल्यायौं, शून्यको स्थितिबाट ७५ वटै जिल्लामा फोर–जी सेवा विस्तार गयौं । देशभित्रै रोजगारीको विकास गर्दै थियौं । एक सय दिनको रोजगारीको व्यवस्था गयौं, अहिले त्यो के हुँदैछ ?’ सोही अवसरमा अध्यक्ष ओलीले आफ्नो पालामा कुनै पनि सडक बालबालिका ‘खाते’ हुँदैन भनेर सडक बालबालिकामुक्त समाज अभियानको शुरुवात गरेको बताउँदै त्यो अभियान अहिले कहाँ पुग्यो ? भनेर समेत सरकारमाथि प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण