यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको टिप्पणी गरेका छन् । आइतबार संसदमा बोल्दै ओलीले नीति तथा कार्यक्रमको १८५ नम्बर बुँदामा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको बताए ।
‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिएन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन । केही बोलिएको छैन’ ओलीले भने, ‘प्रधानमन्त्रीज्यू केही दिनमै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसो हुनाले गम्भीर समस्या देख्छु । परराष्ट्रको सम्बन्धमा एउटा कुरा बुझ्नुपर्छ । भारत हाम्रो छिमेकी राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का आफ्ना कुरा खुलस्त गर्न किन नसक्ने हो ? खुलस्त कुरा नगरी कसरी समस्या समाधान हुन्छ ? खुलस्त छलफल गरेर समस्या समाधान गर्नुपर्यो ।’
भारत भ्रमणमा गएपछि प्रधानमन्त्रीले चिसो र कायर मन राख्न नहुने ओलीले बताए । ‘आफ्ना कुरा राख्न नसक्ने र बोल्न नसक्ने त्यो खालको हुनुभएन । मित्रसँग मित्रतापूर्व रुपमा खुलस्त कुरा गर्नुपर्यो । यसो गर्दा सबैलाई फाइदा हुन्छ’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण