बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
बागमती सरकार

बागमती प्रदेशमा कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

आइतबार, ०७ जेठ २०८०, १३ : ५५
आइतबार, ०७ जेठ २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।  आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्मा सहभागी हुने ६ जना मन्त्रीको टुङ्गो लगाएर प्रदेश प्रमुखलाई सूची बुझाएका छन् । 

जम्कट्टेलले आइतबार दिउँसो ३ बजे मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारीसमेत टुङ्ग्याएर सूची बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

जसअनुसार मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका एक बिना विभागियसहित ४ मन्त्रीलाई जिम्मेवारी थमाएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाएका छन् । यस्तै उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

यसअघि मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

यस्तै माओवादी केन्द्रबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप