नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै ओलीले भने– यही हो कांग्रेसको देशप्रति गर्ने प्रतिबद्धता ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न योग्य नभएकाले कांग्रेसलाई समेत आफ्नो प्रस्तावमा समर्थन गर्न आग्रह गरेका छन् । संसदमा नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै ओलीले कांग्रेसको देशप्रतिको प्रतिबद्धता यही हो भन्दै प्रश्न गरे ।
‘प्रधानमन्त्रीले यो नीति तथा कार्यक्रम फिर्ता लिनुस् अर्को बनाउनुस्, । यसबापत कुनै राजनीतिक एजेन्डा नबनाउँला बरु । उपयुक्त नीति तथा कार्यक्रम बनाउनुस्, यही नीति तथा कार्यक्रम पारित गर्ने हो भने कांग्रेस अगाडि जान्छ ? यही हो कांग्रेसले देशप्रति गर्ने प्रतिबद्धता ? कांग्रेसलाई ५/७ वटा मन्त्री भए पुग्यो ? देशप्रतिको उत्तरदायित्व छैन ?’ ओलीले प्रश्न गर्दै भने,‘यसको पक्षमा टेबल कसरी ठटाउन सकिन्छ ? सबैलाई आग्रह गर्न चाहन्छु । कुनै हालतमा समर्थन गर्नुहुँदैन ।’ यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर रिङ आउट गर्ने ओलीले बताए ।
आफूले संसदमा धेरै समय लिएर व्याख्या गर्नुको अर्थ सबै पार्टीहरूलाई देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गरेको ओलीले बताए । ‘यो नीति तथा कार्यक्रमले केही हुनेवाला छैन । त्यसो हुनाले यसलाई समर्थन नगर्न आग्रह गर्दछु । यो पारित गर्न योग्य छैन’ ओलीले भने, ‘जसले देशको बाटो देखाउँदैन, जसले देशको समस्यालाई उम्काउँदैन, देशलाई अगाडि बढाउँदैन, जसले कुनै सोच राखेको छैन । त्यस्ता नीति तथा कार्यक्रम नामका पोथाहरु माथि हामीले छलफल गरिरहेका छौँ । त्यो बोकेर जाने स्थिति नआओस्, ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण