कोशी प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ
विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नव नियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण