सेनाको दुई दिवसीय अभ्यास हातेमालो शुरु

काठमाडौँ । नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन दुई दिवसीय अभ्यास हातेमालो–५ सुरु गरेको छ ।
विपद् व्यवस्थापनसँग सरोकार राख्ने मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहभागितामा संचालन हुने हातेमालो युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डेको सम्बोधन सँगै शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रको समग्र विपद् प्रतिकार्य क्षमता अभिबृद्धि गर्न विभिन्न तहका सरोकारवालाहरुलाई सहभागी गराई एकिकृत अभ्यासहरु सञ्चालन गर्ने अवधारणा अनुसार गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा सेनाले सेनाले आ।व २०७५–२०७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा संचालन गरेको थियो ।
तत्पश्चात नेपाली सेनाको आयोजनामा वार्षिक रुपमा विपद् सम्बन्धी एकिकृत अभ्यास सरोकारवाला निकाय र गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा संचालन हुँदै आएको छ । यस बर्ष मनसुनको समयमा हुन सक्ने संभावित बाढी र पहिरोको परिदृश्यमा आधारित रहि दुई दिवसीय केन्द्रीय स्तरको अभ्यास हातेमालो–५ संचालन गरिएको सेनाको भनाइ छ ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका सह सचिव, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघीय निकायहरुका साथै अन्य गैर सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता