प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट
सोमबार, ०८ जेठ २०८०, ०८ : ३९
प्युठान । बनमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।
सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीवाट कति क्षति भयो ? त्यसको मुल्याङकन गर्ने कार्य भईरहेको जनाईएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण