छिमेकीको हत्या गरेर फरार आरोपी पक्राउ
रौतहट। आफ्नै छिमेकीको हत्या गरी फरार भएका आरोपीलाई प्रहरीले तीन दिनभित्रै पक्राउ गर्न सफल भएको छ। गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्द खानको हत्या गरी फरार स्थानीय शेख कवीरलाई प्रहरिले पक्राउ गरेको हो।
पुरानो रिसिइबीका कारण गत शुक्रवार राति करिब साढे १० बजे खानको पेट र छातीमा छुरा प्रहार गरी फरार कवीरलाई गौरको रामजानकी मन्दिर छेउबाट प्रहरीले आइतबार पक्राउ गरेको थियो । कवीर उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए। घटनाबारे खबर गर्न साथ प्रहरी टोली घटनास्थलमा पुगे पनि त्यस अघि नै आरोपी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर विन्देश्वर यादवले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण