बच्चालाई जङ्क फुड खाने बानी पर्यो ? यी तीन तरिका अपनाउनुहोस्, खान थाल्नेछन् स्वस्थ खानेकुरा
बच्चाहरू प्रायः जङ्क फुड खान जिद्दी गर्छन्, जुन बिस्तारै बानीमा परिणत हुन्छ र बच्चाहरूले स्वस्थ र पोषक तत्त्वयुक्त चीजहरू खान मन नै गर्दैनन् । यस्तो बानी उनीहरूको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ, किनभने यसले बालबालिकाको शरीरमा पोषणको कमी हुन सक्छ ।
यस्तो अवस्थामा केही उपाय अपनाएर बालबालिकालाई जङ्क फुडबाट टाढा राख्न सकिन्छ । यसबारे जानकारी लिऔँ ।
बच्चालाई मन पर्ने घरमा बनाएको खाना दिनुहोस्
जङ्क फुड खाने बानी छुटाउनका लागि तपाईंले थोरै मेहनत गर्नुपर्छ । तपाईंले बच्चालाई उसलाई मन पर्ने खानालाई घरमा बनाएर दिनुपर्छ । हुन त पिज्जा–बर्गर लगायत खानेकुरा बच्चाका लागि ठिक हुँदैन । तर यी खानेकुरामा पनि तपाईंले तरकारी र आटाजस्ता चिज प्रयोग गरेर स्वस्थ बनाउन सकिन्छ । यस कारण बालबालिका बिस्तारै बाहिरको खाना खान बन्द गर्नेछन् ।
आकर्षक ढङ्गले पस्कनुहोस्
बालबालिकालाई स्वादभन्दा पनि खाना सजाउने तरिका देखेर बाहिरका कुरा खान मन लाग्छ । त्यसैले तपाईंले बच्चाहरूका लागि जे बनाउनुहुन्छ, त्यसलाई राम्रोसँग सजाएर उनीहरूका अगाडि प्रस्तुत गर्नुहोस् । यसका लागि बालबालिकाको खानाको प्लेटलाई विभिन्न फलफूल र स्प्राउट्सले सजाउन सक्नुहुन्छ । यसका साथै पालुङ्गोको हरियो रङको रोटी–पराठा वा रातो रङको चुकन्दरको जुस बनाएर प्लेटलाई आकर्षक बनाउन सक्नुहुन्छ । यसबाट बच्चाहरू बिस्तारै रङ्गिन चीजहरूप्रति आकर्षित हुन थाल्छन् र बाहिर जङ्क फुडको खपत कम हुनेछन् ।
स्वस्थ चिज खान सिकाउनुहोस्
बालबालिकालाई जङ्क फुड खाने बानी नहोस् भनेर तीन–चार वर्षको उमेरदेखि नै बालबालिकाको खानाको दिनचर्या मिलाउनुहोस् । उनीहरूलाई समय समयमा स्वस्थकर खानेकुरा दिनुहोस् ।
यसरी उनीहरूको पेट भरिनेछ र भोक नलागेको बेला उनीहरू जङ्क फुड खाने जिद्दी गर्दैनन् र घरको स्वस्थकर खानेकुरामा मात्र ध्यान दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण