नीति तथा कार्यक्रम गडगडाहट ताली पिटेर पास हुन्छ : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले छक्का हानेर गडगडाहट तालीका साथ नीति तथा कार्यक्रम पास गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले छक्का हानेर नीति तथा कार्यक्रम फेल गराउने बताएपछि उनले त्यसको जवाफमा ताली पिटेरै कार्यक्रम पास गर्ने बताएका हुन् ।
‘एकजना पूर्व प्रधानमन्त्रीले छक्का हानेर फेल गराउने कुरा गर्नुभयो । सुन्दा रमाइलै थियो, संसदमा सुने बाहिर पनि एकपटक सुने ’ पौडेलले भने, ‘यो गठबन्धनको सरकार हो । ह्वीप लगाएपनि उहाँकै दलले मान्ने अवस्था छैन । हामी छक्का हानेर गडगडाहट ताली पिटेर बजेट पास गर्नेछौं ।’ अहिलेको सरकार बहुमत प्राप्त भएकाले पास हुने कुरामा दुविधा नरहेको पौडेलले बताए । ‘हामी तर्कका लागि तर्क गर्ने भन्दा पनि यथार्थमा रहेर बहस गर्न तयार छौं’ उनले भने, ‘शब्द जालमा पारेर रमाइलो गर्ने समय होइन। अहिलेको अर्थतन्त्रलाई सुधार गरेर अघि बढ्ने योजना बनाउनुपर्छ ।’
अहिलेको सरकारले पियानो लयमै बजाउन खोजेको पौडेलले बताए । ‘सरकारले पियानो लयमै बजाउन खोजेको छ । औला राम्रोसँग चलाएर लयमै पियानो बजाएर विश्वको अर्थ प्रणाली र देशको अर्थ प्रणालीको बीचबाट देशको अर्थ प्रणाली जोगाउने गरी नीति तथा कार्यक्रम आएका छन्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण