शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रतिपक्षले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक  लिनुपर्छ : सांसद पौडेल

सोमबार, ०८ जेठ २०८०, १७ : ५५
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका हुन् ।   

ठिक आलोचनाहरुलाई सुन्ने र पूर्वाग्रह राखेका कुराहरुलाई खण्डन गर्नुपर्ने उनले बताए । सत्तापक्षलाई प्रतिपक्षको खबरदारी आवश्यक रहेको उनको भनाई छ । उनले संसदमा केवल आलोचनाको लागि आलोचना नगरी परिणामको निम्ति बहस गर्नुपर्ने बताए ।  

नेकपा(एमाले)का सांसद ठाकुर गैरेले प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नु नपर्ने बताए । सुझाव कार्यान्वयन गर्दा बजेट राम्रो हुने र सत्तापक्षले नै प्रशंसा पाउने भन्दै उनले सो कुरा सत्तापक्षलाई स्वीकार्य नभएको देखिएको बताए ।  

जनता समाजवादी पार्टी जसपाका सांसद राजकिशोर यादवले सत्तापक्ष हुँदा सबै कुरा सकारात्मक र प्रतिपक्ष हुँदा सबै कुरा नकारात्मक देख्ने संस्कृति बसिसकेको भन्दै यस्तो सोचले देशको विकास हुन नसक्ने बताए । आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्ने उनको भनाई छ । 

 जसपाका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम पुनःलेखन गर्ने कुरा उठाउनु जायज नभएको बताए । उनले नीति तथा कार्यक्रममा पुराना राम्रा कुराहरु पनि समेटिएको उल्लेख गरे ।  

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरुको निरन्तरता भएको बताए । नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफल जिम्मेवारपूर्ण नभएको उनले टिप्पणी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप