कोशी प्रदेशसभाको बजेट अधिवेशन १४ गते आह्वान गर्न सिफारिस
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी बजेट अधिवेशन जेठ १४ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
‘प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले भने, ‘मन्त्रीपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाई जानकारी गराउनु भएको छ ।’
यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण