बागमती प्रदेश प्रमुखद्वारा चिठ्ठा विधेयक फिर्ता
काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता गरेका छन् । प्रदेशसभाबाट गत वैशाख १२ गते पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख शर्मासमक्ष पठाइएको विधेयक पुनः विचार गर्नका लागि फिर्ता गरेका हुन् ।
प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि गएका विधेयक मध्य पहिलो पटक यो विधेयक फिर्ता भएको हो ।
सोमबार प्रदेश प्रमुख शर्माले प्रदेशसभामा छलफल गरेर आवश्यक संशोधनसहित पुनः पठाउन विधेयक फिर्ता गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनः विचार हुन आवश्यक रहेको भन्दै विधेयक फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले बताए ।
संघीय सरकारको चिठ्ठा ऐन २०२५ सँग बाझिएको, अवैध सम्पत्ति शुद्धीकरण गर्नका लागि मद्दत पुग्ने, संघ र प्रदेश सरकारको साझा सूचीमा पर्ने भएकाले विधेयक फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण