१५ सय मिटर दौडमा अस्मिता र विकेशलाई स्वर्ण
काठमाडौँ । सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्फ १५ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।
हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फm स्वर्ण विजेता हुन् ।
विकेशले दौड पूरा गर्न ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौँका पवनकुमार साहले कांस्य पदक जिते । महिलातर्फ स्वर्ण विजेता अस्मिताले ५ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरिन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते ।
हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् । उनले १.३१ मिटरको प्रदर्शन गरिन् । चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । सोही विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनले १.६९ मिटको प्रदर्शन गरे । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए ।
यसैगरी डिस्कस थ्रोमा महिलातर्फm रामेछापकी अनिता कार्कीले २१.९८ मिटरको प्रदर्शन गर्दै स्वर्ण जितिन् । दोलखाकी ममता सुनुवारले रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।
सोही स्पर्धाको पुरुषतर्फm भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटरको प्रदर्शन गरे । उक्त स्पर्धामा चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण