बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ०९ जेठ २०८०, ११ : २४
मङ्गलबार, ०९ जेठ २०८०

रूपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप