स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।
यता पर्साको वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रुपैयाँसहित बारा कलैया उपमहानगरपालिका-१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण