सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ : धवलशमशेर राणा

मङ्गलबार, ०९ जेठ २०८०, १४ : १८
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ भन्दै कटाक्ष गरे ।

सांसद राणाले भने, ‘बल्ल सरकारलाई चेत आएछ कि हामीले  पञ्चायतकालका उद्योगहरु बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो ।’ 

सांसद राणाले सुकुम्वासी समस्या एउटा तमासा भएको टिप्पणी गरे । देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको बताए । ३० वर्षमा देशमा ३६ वटा सुकुम्वासी आयोग बनेको भन्दै अझै तमासा गरिरहने भनी प्रश्न गरे । उनले यो वर्षदेखि सरकारले सुकुम्वासी समस्या बन्द गर्न आग्रह गरे । 

उनले विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको भन्दै उनीहरुका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप