पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ : धवलशमशेर राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ भन्दै कटाक्ष गरे ।
सांसद राणाले भने, ‘बल्ल सरकारलाई चेत आएछ कि हामीले पञ्चायतकालका उद्योगहरु बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो ।’
सांसद राणाले सुकुम्वासी समस्या एउटा तमासा भएको टिप्पणी गरे । देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको बताए । ३० वर्षमा देशमा ३६ वटा सुकुम्वासी आयोग बनेको भन्दै अझै तमासा गरिरहने भनी प्रश्न गरे । उनले यो वर्षदेखि सरकारले सुकुम्वासी समस्या बन्द गर्न आग्रह गरे ।
उनले विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको भन्दै उनीहरुका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण