बिचौलियाका कारण सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने गरेको छ : काफ्ले
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सरकारले संघीयता, लोकतन्त्रको पक्षमा काम गर्नसक्नु पर्ने बताएका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै सचेतक काफ्लेले प्रदेश सरकारले नागरिकको पक्षमा काम गर्नसक्नु पर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले कांग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविद्यानलाई कार्यान्वयन र संघीयता संस्थागत गर्न प्रदेश सरकारले भूमिका खेल्नु पर्ने बताए । ‘प्रदेश सरकारले नागरिक, लोकतन्त्र र संघीयताको पक्षमा काम गर्नुपर्छ । संविधान कार्यान्वयन गर्दै संघीयता संस्थागत गर्न सरकारले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘संविधान अपरिवर्तनीय छैन । नागरिकहरू माझ सेवा सुविधा पुर्याउने विषयमा आवश्यकताका आधारमा संविधान संशोधन गरेर अघि बढ्नुपर्छ ।’
उनले सरकारले नागरिकहरूको आर्थिक विकासमा सघाउ पुर्याउने प्रकृतिका योजनाहरू कार्यान्वयन गर्न प्रदेश सरकारले काम गर्नुपर्ने बताए । सरकारी संयन्त्रका विभिन्न ठाउँमा सक्रिय रहेका बिचौलियाका कारण सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने गरेको उनले दाबी गरे । ती बिचौलियाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले कडा भन्दा कडा ऐन कानुन निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण