अपाङ्गता भएकाहरुलाई हिमाल चढ्न सहयोग गर्छु : हरि बुढामगर
काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर फर्किएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताएका छन् ।
सगरमाथाको आरोहणपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताए ।
बुढामगरले अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्नेपनि बताए । सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको बताए । शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव भएको उनले बताए ।
बुढामगरले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको बताए । दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको उनले बताए । विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको उनले बताए ।
बुढामगरले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताए । नेपालीहरू मुख्य गरी सगरमाथा, बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको उनले बताए । ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमेपछि आफू जिन्दगी सकियो भनेर बसेको बताए ।
वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका थिए । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई बधाई दिएका थिए । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण