आईटीएफमा काभ्रे र तेक्वान्दोमा काठमाडौँ टिम च्याम्पियन
काठमाडौँ । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आईटीएफ तेक्वान्दोमा काभ्रे जिल्ला टिम च्याम्पियन बनेको छ । हुप्रा चौरमा मंगलबार सम्पन्न आईटीएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित काभ्रे टिम च्याम्पियन बनेको हो ।
आईटीएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्याटर्नतर्पm १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ सर्वोत्कृष्ट खेलाडी भए ।
चितवन ६ स्वर्ण, २ रजत र २ कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले ५ स्वर्ण, ८ रजत र २ कांस्य प्राप्त ग¥यो । चौथो स्थानमा रहेको काठमाडौंले ४ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो ।
ललितपुर ३ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । नुवाकोटले १ स्वर्ण र ४ कांस्य पदक प्राप्त ग¥यो । विजेता टोली र खेलाडीलाई सामाजिक विकासमन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले ५ हजार, रजत विजेताले ४ हजार र कांस्य विजेताले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसैबीच, दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा काठमाडौँको टोली च्याम्पियन बनेको छ । काठमाडौँ ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
हुप्राचौरमा भएको प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थान हासिल गरेको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको जानकारी तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले दिए ।
प्रतियोगितामा पुरुषतर्फ नुवाकोटका धनबहादुर तामाङ र महिलातर्फ सिन्धुपाल्चोककी सुस्मिता तामाङ सर्वौत्कृष्ट खेलाडी घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण