सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आईटीएफमा काभ्रे र तेक्वान्दोमा काठमाडौँ टिम च्याम्पियन

मङ्गलबार, ०९ जेठ २०८०, २१ : ३३
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आईटीएफ तेक्वान्दोमा काभ्रे जिल्ला टिम च्याम्पियन बनेको छ । हुप्रा चौरमा मंगलबार सम्पन्न आईटीएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित काभ्रे टिम च्याम्पियन बनेको हो ।

आईटीएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्याटर्नतर्पm १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ सर्वोत्कृष्ट खेलाडी भए ।

चितवन ६ स्वर्ण, २ रजत र २ कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले ५ स्वर्ण, ८ रजत र २ कांस्य प्राप्त ग¥यो । चौथो स्थानमा रहेको काठमाडौंले ४ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो ।

ललितपुर ३ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । नुवाकोटले १ स्वर्ण र ४ कांस्य पदक प्राप्त ग¥यो । विजेता टोली र खेलाडीलाई सामाजिक विकासमन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले ५ हजार, रजत विजेताले ४ हजार र कांस्य विजेताले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैबीच, दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा काठमाडौँको टोली च्याम्पियन बनेको छ । काठमाडौँ ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

हुप्राचौरमा भएको प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थान हासिल गरेको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको जानकारी तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले दिए ।

प्रतियोगितामा पुरुषतर्फ नुवाकोटका धनबहादुर तामाङ र महिलातर्फ सिन्धुपाल्चोककी सुस्मिता तामाङ सर्वौत्कृष्ट खेलाडी घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप