शङ्कास्पद केहीलाई अनुसन्धानमै नल्याएकोमा नागरिक अगुवाहरूको आपत्ति
काठमाडौँ । नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकै किन नहुन्, तीनलाई न्यायको कठघरामा उभ्याउन सरकारसमक्ष माग गरेका छन् । अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगरे आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी पनि दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीले सुरु गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भएपनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो ।’ तर, यसको अनुसन्धानको क्रममा मुछिएका शङ्कास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरू भ्रष्टाचार काण्डमा झैँ यसमा पनि दण्डहीनता हाबी हुने गरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको भन्दै विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण