मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको ढुकुटीमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

बुधबार, १० जेठ २०८०, २० : ०१
बुधबार, १० जेठ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा सरकारी कोषमा झन्डै २ खर्ब अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकमा गरी कूल १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ सरकारी डिपोजिट रहेको हो । 

यो केन्द्र (संघीय) सरकारदेखि प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो सरकारी डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँ रहेको थियो । 

गत असारको तुलनामा सरकारी मौज्दात ४० अर्ब ९१ करोड ३० लाख रुपैयाँले घटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप