शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली

बिहीबार, ११ जेठ २०८०, १४ : ४०
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासको एक टोली  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ ।

बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो । 

सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ । 

छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।  

भेटपछि रातोपाटीसँगै कुरा गर्दै अर्यालले नेपाल–चीनबीच सम्बन्धलाई अझ बलियो कसरी बनाउन सकिन्छ र दुई देश बीचका जनता–जनताबीचको सम्बन्धलाई अझै  कसरी विस्तार गर्न सकिन्छ भन्नेलगायतका विषयमा कुराकानी भएको बताए । उनले भने, 'उहाँहरुको खास चासो हाम्रो पार्टीको विषयमा थियो, पार्टीले कसरी काम गरिरहेको छ । भ्रष्टाचार तथा सुशासनको क्षेत्रमा कसरी अगाडि बढेको छ भन्नेबारेमा उहाँहरुको चासो थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप