रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली
काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ ।
बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो ।
सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।
भेटपछि रातोपाटीसँगै कुरा गर्दै अर्यालले नेपाल–चीनबीच सम्बन्धलाई अझ बलियो कसरी बनाउन सकिन्छ र दुई देश बीचका जनता–जनताबीचको सम्बन्धलाई अझै कसरी विस्तार गर्न सकिन्छ भन्नेलगायतका विषयमा कुराकानी भएको बताए । उनले भने, 'उहाँहरुको खास चासो हाम्रो पार्टीको विषयमा थियो, पार्टीले कसरी काम गरिरहेको छ । भ्रष्टाचार तथा सुशासनको क्षेत्रमा कसरी अगाडि बढेको छ भन्नेबारेमा उहाँहरुको चासो थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण