शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काम नलाग्ने भनी फ्यालिएको कोइला पुनः प्रयोग गर्दै उदयपुर सिमेन्ट

तत्कालीन महाप्रबन्धकद्वय नवलकिशोर साह र सुरेन्द्रकुमार पौडेलको पालामा अनियमितता भएको आशंका
बिहीबार, ११ जेठ २०८०, १६ : २०
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगले फ्याली सकेको कोइलालाई पुनः प्रयोगमा ल्याएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् दिएको निर्देशनअनुसार उदयपुर सिमेन्ट उद्योगले रिजेक्ट गरी फ्यालिएको छ हजार मेट्रिक टनभन्दा बढी कोइला प्रयोगमा ल्याइरहेको छ । 

१५ सय मेट्रिक टन कोइला काम नलाग्ने भनी त्यतिकै बाहिर राखिएको थियो । अख्तियारको निर्देशनपछि त्यसलाई प्रयोगमा ल्याइएकोमा अरु कोइला खोज्दै जाँदा छ हजारभन्दा बढी मेट्रिक टन कोइला जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । 

कोइला पिस्ने मेसिनले पिस्न नसकेको भन्दै २०७४ सालतिर त्यतिबेलाका व्यवस्थापनले फ्यालेको छ हजार ८१८ मेट्रिक टन कोइला प्रयोगमा ल्याइरहेको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । 

कामै नलाग्ने भन्दै यस अघिको व्यवस्थापनले जंगलमा गाडेको थियो । त्यसलाई झिकेर उदयपुर सिमेन्टले प्रयोगमा ल्याएको छ । 

काम लाग्ने कोइलालाई फ्यालेको विषयमा अख्तियार दुरुपयोग आयोगले छानबिन गरिरहेको छ । त्यसमा भएको अनियमितताबारे आयोगले अनुसन्धान थालेको छ ।  

उता अख्तियारले उद्योगका महाप्रबन्धक बस्ने क्वाटरको अगाडि पनि गाडेर राखिएको कोइला फेला पारेको छ । सोको नमुना ल्याएर त्यसको परीक्षण गर्ने काम भइरहेको छ । 

फालिएको कोइलाबारे अन्जान रहेको बताउँदै महाप्रबन्धक न्यौपानेले अगाडि भने, ‘हामीलाई कोइलाको अभाव भयो । खोज्दै जाँदा गाडेको अवस्थामा फेला पार्यौं । परीक्षण गराउँदा प्रयोग गर्न मिल्ने भएपछि मन्त्रालयसँग अनुमति लिएर प्रयोगमा ल्याएका हौं ।’

महाप्रबन्धक न्यौपाने २०७७ सालमा नियुक्त भएर जाँदा उद्योग पूर्ण रूपमा बन्द थियो । उनले आफू जाँदा उद्योग ६५ करोड घाटामा रहेको ती सबै मिलाउँदै अहिले चलायमान अवस्थामा ल्याएको बताए । 

२०६३ सालदेखि उद्योगको साधारण सभा पनि भएको थिएन । २०६४ देखि २०७६–२०७७ सम्मको एकैपटक साधारण सभा पनि सम्पन्न गराएको उनले जनाए । 

तत्कालीन महाप्रबन्धकद्वय नवलकिशोर साह र सुरेन्द्रकुमार पौडेलको पालामा अनियमितता भएको आशंका आयोग गरेको छ । उक्त कोइलाको बारेमा छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका सूचना अधिकृत धिरज फडेराले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप