राजधानीमा किसानहरूको जुलुस र सभा हुने
शुक्रबार, १२ जेठ २०८०, ०६ : ४७

भक्तपुर । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुस तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्याय प्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरूमा सादर आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा
-
डाक्टर पास भएपछि रामजी रामले भने– ‘अब बिरामीको दुःखमा पास हुनुछ’
-
रिलिज अघि नै आदिपुरुषले उठायो ८५ प्रतिशत लगानी, ४३२ करोड भारु कमाई
-
दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री
-
झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली
-
वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?