गौरवको आयोजना दामोदर मार्ग : बन्नै सकेन गुरुयोजना, टुक्रे काममा टालटुल

दाङ । लुम्बिनी प्रदेशको तत्कालीन सरकारले दाङको दामोदर मार्गलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि सारेको थियो ।
चैलाही–केरुनिया–लालमटिया २० किलोमिटर, कुईरेपानी–झिङ्नी–लक्ष्मीपुर– सौडियार–सर्रा ९ किलोमिटर, उरहरि–गरिगरिया–सुकौरा ८ किलोमिटर, पोटली–हेकुली–बैबाङ ८ किलोमिटर सडकको निर्माण योजनालाई प्रदेश सरकारले दामोदर मार्गका रूपमा नामकरण गरेको थियो ।
तत्कालीन प्रदेश सरकारले प्रदेशको गौरवको आयोजना भने पनि काम टुङ्गो लगाउन सकेन । दामोदर मार्ग निर्माणका लागि व्यवस्थित गुरुयोजना नै निर्माण गर्न नसकेपछि सडक निर्माण अलपत्र पर्यो ।
व्यवस्थित गुरुयोजना निर्माणको अभावका कारण प्रदेश सरकारको गौरवको आयोजना टुक्रे योजनाको भरमा सीमित स्थानमा मात्रै बजेट निर्धारण गरी नाम मात्रको काम भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार दामोदर मार्गअन्तर्गत कुईरेपानी–सर्रा मार्गमा कतै बाटो कटिङ, कतै कल्भर्ट निर्माण भएको छ । कतै भने मुआब्जा विवादमा रोकिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय दाङका आयोजना प्रमुख मनिष कुमार अर्याल भन्छन्, ‘प्रदेशको गौरवको आयोजना दामोदर मार्ग कहाँ जोड्ने र कहाँ लैजानै भन्ने टुुङ्गो छैन । अझ निर्माण सम्पन्न हुने टुुङ्गो कसरी पो लाग्दा र, योजनाकै टुुङ्गो छैन ?’
दामोदर मार्ग फोरलेन योजनाअन्तर्गत निर्माणको थालनी गरिएको थियो । आयोजना प्रमुख अर्यालले अगाडि भने, ‘कुुइरेपानी–सर्रा ट्रयाक खोली कल्भर्ट र पुल निर्माण गरिएको छ । तर आयोजनाको मुख्य प्रवेशद्वार बन्द छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय दुई महिनादेखि बन्द
-
बागमती प्रदेश सरकारद्वारा पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता
-
कोशी प्रदेश : एमाले सचेतकमा दर्नाल नियुक्त
-
भारत : दलित महिलालाई निर्वस्त्र घुमाएर पिसाब पिलाएको आरोप
-
न्याय परिषद्मा शक्ति प्रदर्शन, न्यायाधीशको तेजोहरण
-
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ