कालिमाटी वृत्तको हिरासतबाट मध्यराति भागेका थुनुवा पक्राउ
शुक्रबार, १२ जेठ २०८०, १० : ३६
काठमाडौँ । प्रहरी वृत्त कालिमाटीको हिरासतबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार मध्यराति प्रहरी वृत्त कालिमाटीको पर्खाल नाघेर २९ वर्षीय सञ्जीव राई भागेका थिए । हिरासतमा बिरामी भएका अर्का थुनुवालाई प्रहरीले निकाल्न खोज्दा उनी भागेका हुन् ।
उनलाई सिनामंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । हिरासतबाट प्रहरीको आँखा छलेर निस्केपछि पर्खाल नाघेर बाहिर गएको अनुसन्धानबाट थाहा भएको छ । पर्खाल नाघेर भाग्दा उनको खुट्टामा चोट लागेको छ ।
३५ ग्राम ब्राउन सुगर सहित पक्रेर उनलाई प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण