सांसद दाहालले फेरि भने: पशुपतिको त्यो सुन कसले खायो ? त्यसको जिम्मेवारी ओलीले नै लिनुपर्छ
काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने क्रममा ११ किलो सुन तलमाथि भएको भन्दै त्यसको जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।
सांसद दाहालले जेठ १० गते संसदमा उठाएको यही प्रसंगलाई लिएर एमालेले शुक्रवार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।
संसद् अवरुद्ध भएपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद दाहालले आफूले अघिल्लो बैठकमा त्यसबारे बोल्दा केपी ओलीलाई तोकेर नबोलेको र तत्कालीन सरकारको पालामा भएको सो घटनाको जिम्मेवारी उनले लिनुपर्ने बताए ।
सांसद दाहालले भने, ‘माननीय केपी शर्मा ओलीज्यूले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्ट्राचारीहरूको गठबन्धन हो भन्ने सन्दर्भमा मैले भनेको हु- तपाईं विगततिर फर्कनुस्, तपाईँले विगतमा ३ वर्ष शासन सत्ता सञ्चालन गरिरहँदा त्यहाँ भएका भ्रष्टाचार काण्डहरू कयौँ छन् ती मध्ये यति, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसाेर्ट प्रकरणका साथै स्वास्थ्य सामग्रीको २ अरब भ्रष्टाचार काण्ड र त्योसँगै पशुपतिनाथको जलहरी लगाउँदा पित्तल लगाएको काण्ड जसमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ ।’
उनले अगाडि भने, ‘महालेखाको प्रतिवदेनमासमेत सुन कम भएको, ज्यालाको विवरण उल्लेख नभएको कुरा ४२ र ४३ नम्बर बुँदामा छ । त्यो तथ्यको आधारमा उहाँको सरकारका पालामा भएको भ्रष्टाचारको नैतिक जिम्मेवारी उहाँले किन लिन सक्नुभएन ? तपाई पूर्व प्रधानमन्त्रीको हैसियतले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुराहरूलाई उहाँहरूले जुन अनावश्यक मुद्दा बनाइरहनुभएको छ, यसमा मेरो गम्भीरतापूर्वक के माग छ भने त्यसबारेमा छानबिन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? सरकारको नेतृत्व गरेका कारण तत्कालीन प्रधानमन्त्री र नेकपाको अध्यक्षको हिसाबले केपी ओलीले त्यसको जिम्मेवारी लिनै पर्छ । तर व्यक्तिगत हिसाबले उहाँलाई किटान गरिएको थिएन, उहाँको सरकारको पालामा भएको भ्रष्ट्राचारको फेहरिस्त बताउने क्रममा विषयवस्तु उठान भएको हो ।’
उनले महालेखाको प्रतिवेदनले पनि ११ किलो सुन नभेटिएको उल्लेख गरेको र आफूले त्यो सुन केपी ओलीले खाएको भनेर व्यक्तिगत टिप्पणी नगरेको बताए । उनले आफूले सो विषय उठाउँदा संसदीय मर्यादा उल्लङ्घन भएको भए केपी ओलीले २ घण्टा संसद्मा भाषण गर्दा कति मर्यादा उल्लङ्घन भयो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण