अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन
दाङ । सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर–हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष, यातायात व्यवसायी र प्रहरीबीच सहमति भएको हो ।
बिहीबार विहान शान्तिनगर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय जाँदै गरेकी शिक्षिका सवार रा७ ४२३७ नम्बरको स्कुटरलाई दङ्गीशरण(५ कुमालगडीमा रा१ज ९२३ नम्बरको जीपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी शिक्षिका सीता लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
पीडित परिवार आन्दोलनमा उत्रिएपछि पीडित परिवारलाई किरिया खर्च वापत रु ५० हजार, बीमा बापतको रु ५ लाख ४५ दिनभित्र उपलब्ध गराउने र क्षतिग्रस्त स्कुटर मर्मत गर्ने सहमति भएपछि यातायात सञ्चालन भएको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण