दुई एसएसपी जसले जोगाए संगठनको साख
काठमाडौँ । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको प्रशंसा गरिएको छ । जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ ।
नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै कब्जा गरी नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाएर करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने, अनुसन्धान प्रतिवेदन बनाउने निकाय काठमाडौँ प्रहरी परिसर हो । हाल परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की छन् । यो प्रकरणमा सुरुवाती उजुरी लिएर अनुसन्धानमा खटिएको प्रहरीको अर्को निकाय उपत्यका अपराध अनुसन्धान कार्यालय हो । उपत्यका अपराध असन्धान कार्यालयको कमान्ड हाल एसएसपी केसीले समालेका छन् । यी दुई प्रहरी अधिकारी विगतमा कमान्ड समालेका ठाउँमा अब्बल प्रमाणित भइसकेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण