आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
मिस नेपाल जित्दाको खुसी, तस्बिरहरु हेर्नुहोस्
मिस नेपाल २०२३

मिस नेपाल जित्दाको खुसी, तस्बिरहरु हेर्नुहोस्

शनिबार, १३ जेठ २०८०

काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन् ।

त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया