कोशी प्रदेश : माओवादीले सरकारबारे निर्णय गर्ने जिम्मा केन्द्रलाई दियो
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलको बैठकले वर्तमान सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा केन्द्रले दिएकोे निर्देशनलाई मान्ने जनाएको छ । माओवादी केन्द्रलाई यसअघि कांग्रेसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गर्दै पत्र पठाएको थियो । माओवादी संसदीय दलले भने केन्द्रले दिने निर्देशन मान्ने र केन्द्रकै निर्णय कुर्ने निर्णय गरेको हो ।
यस्तै माओवादी केन्द्रले पहिचानवादीले गरिरहेको आन्दोलनलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । त्यसका लागि प्रदेश सरकारले तत्काल उनीहरुलाई वार्तामा बोलाउनुपर्ने र आन्दोलनकारीले पनि संयमतापूर्वक माग राख्न सरकारसँग वार्तामा बस्न आग्रह गर्ने निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
माओवादी केन्द्रले आगामी आर्थिक वर्षको प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटबारे एमाले र मुख्यमन्त्रीसँग छलफल गरी समग्र प्याकेजमै सहमति गर्ने निर्णय पनि गरेको छ । ‘नीति, कार्यक्रम र बजेट एमाले र माओवादीको संयुक्त दस्तावेजको रुपमा आउनुपर्ने निर्णय भएको छ,’ आङ्बोले भने, ‘बजेटमा दुई दलको समान हिस्सा पनि हुनुपर्छ, माओवादीले जिम्मा लिएका मन्त्रालयमा अनावश्यक हस्तक्षेप हुनुहुँदैन ।’
यस्तै माओवादी केन्द्रले आफ्नो दलको विधान बनाउनका लागि गोम्बु शेर्पाको संयोजकत्वमा विधान मस्यौंदा समिति पनि बनाएको छ । उक्त समितिको सदस्यहरुमा नारायण बुर्जामगर र सपना परियार रहेको आङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण