दरबार हत्याकाण्डको छानबिनमा कुनै आपत्ति छैन : अध्यक्ष लिङ्देन
सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाही सुर्खेत आइपुगेका छन्। शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम पश्चात् राप्रपा नेताहरू सुर्खेत आइपुगेका हुन् ।
आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको बताए । उनले आफ्नो पार्टी पनि उक्त घटनाको छानबिन गरेर सत्य तथ्य जनतामाझ पुर्याउनुपर्ने पक्षमा रहेको यसमा पार्टीको सहयोग रहने बताए ।
देशको समसामयिक विषय र आगामी दिनमा सङ्गठनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा प्रदेश अभियानमा छलफल हुने बताए । सो क्रममा उनले देशको अवस्था सामान्य नभएको भन्दै विदेशी हस्तक्षेप बढेको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने उनको भनाइ थियो ।
नक्कली शरणार्थी प्रकरण नेपालको इज्जतसँग जोडिएको भन्दै यो विषय राज्यविरुद्धको अपराध भएको बताए । यो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए । सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण