जसपा कार्यकारिणी समितिको बैठक बस्दै
आइतबार, १४ जेठ २०८०, १२ : ३८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
पटक पटक स्थगित हुँदै आएको विधान अधिवेशन असार ९ गतेका लागि तय गरिएको छ । जसपा दुई मन्त्रालय लिएर केन्द्र सरकारमा सहभागी भएको छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज