सुमनाको प्रस्ताव : परराष्ट्र नीति संस्थागत गरौँ, समितिका सदस्यलाई शपथ खान लगाऔँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने माग गरेकी छन् । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न माग गरेकी हुन् ।
त्यस्तै श्रेष्ठले हरेक समितिका कार्यतालिका बनाएर काम गर्न तथा यदि नियुक्तिहरूमा उजुरी लिने हो भने उजुरीका लागि अध्ययन गर्नका लागि पर्याप्त समय दिनुपर्न सुझाव राखिन् । उनले भनिन्, ‘उजुरी छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पठाउनुपर्यो । र, अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्पष्ट रूपमा भन्नुपर्यो, यो उजुरी अगाडि लाने कि नलाने भनेर । यसका लागि पनि समय चाहियो ।’
उनले दोस्रो समितिमा बस्ने सांसदहरूले पनि विवेकको मत प्रयोग गर्ने भनेर शपथ लिनुपर्ने बताइन् । उनले त्यहाँ मत राख्दा पार्टीको ह्वीप वा लेनदेनको आधारमा नभनेर स्वविवेकले नियुक्तिका लागि अगाडि आउने पात्रको मेरिटको हिसाबले मतदान गर्न पाउने पर्ने जिकिर गरिन् । त्यस्तै नियुक्ति हुँदै आउनेले पनि कसैलाई प्रलोभन दिएको छैन भनेर स्वघोषणा गर्नुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण