सुमनाको प्रस्ताव : परराष्ट्र नीति संस्थागत गरौँ, समितिका सदस्यलाई शपथ खान लगाऔँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने माग गरेकी छन् । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न माग गरेकी हुन् ।
त्यस्तै श्रेष्ठले हरेक समितिका कार्यतालिका बनाएर काम गर्न तथा यदि नियुक्तिहरूमा उजुरी लिने हो भने उजुरीका लागि अध्ययन गर्नका लागि पर्याप्त समय दिनुपर्न सुझाव राखिन् । उनले भनिन्, ‘उजुरी छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पठाउनुपर्यो । र, अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्पष्ट रूपमा भन्नुपर्यो, यो उजुरी अगाडि लाने कि नलाने भनेर । यसका लागि पनि समय चाहियो ।’
उनले दोस्रो समितिमा बस्ने सांसदहरूले पनि विवेकको मत प्रयोग गर्ने भनेर शपथ लिनुपर्ने बताइन् । उनले त्यहाँ मत राख्दा पार्टीको ह्वीप वा लेनदेनको आधारमा नभनेर स्वविवेकले नियुक्तिका लागि अगाडि आउने पात्रको मेरिटको हिसाबले मतदान गर्न पाउने पर्ने जिकिर गरिन् । त्यस्तै नियुक्ति हुँदै आउनेले पनि कसैलाई प्रलोभन दिएको छैन भनेर स्वघोषणा गर्नुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता