नेपालको चालु खाता घाटा जीडीपीको ७.४ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । सरकारले यस वर्षको चालु खाता कुल गाह्स्थ उत्पादन (जीडीपी) को ७.४ प्रतिशत हाराहारी हुने जनाएको छ । सन् २०२३ का लागि दक्षिण एशियाली मुलुकहरुको संभावित चालु खाताको सन्तुलनमा प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई उद्धृत गर्दै सरकारले यस्तो जनाएको हो ।
कोषका अनुसार यस वर्ष दक्षिण एशियाली मुलुकको चालु खाता सन्तुलनमा सुधार आउने अनुमान छ ।
सन् २०२३ मा बङ्गलादेशको चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको २.९ प्रतिशत हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यस्तै भुटानको ९.७ प्रतिशत, भारतको २.७ प्रतिशत, माल्दिभ्सको १७.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
यस्तै, श्रीलंकाको ४.६ प्रतिशत र पाकिस्तानको ४.१ प्रतिशतले चालु खाता घाटा हुने प्रक्षेपण गरेको आईएमएफले सन् २०२२ मा १.१ प्रतिशतले चालु खाता बचतमा रहेको चीनको सन् २०२३ मा सीमान्तरूपमा कम भई १.० प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।
दक्षिण एशियाली मुलुक र चीनको विगत १० वर्षको औसत चालु खाता सन्तुलन माल्दिभ्सको चालु खाता सबैभन्दा बढी र बङ्गलादेशको सबैभन्दा न्यून घाटामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण