यी हुन् सबैभन्दा बढी मूल्यवृद्धि भएका १० वस्तु
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्यवृद्धि अन्न तथा अन्नबाट बनेका परिकारमा भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार अन्न तथा अन्नबाट बनेका परिकारमा १४.३५ प्रतिशतले मूल्यवृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकको २०७९ फागुनसम्मको तथ्यांकअनुसार उच्च मूल्यवृद्धि हुने अन्य वस्तुमा रेस्टुरेन्ट र होटल, यातायात, मसला, सुर्तीजन्य पदार्थ, स्वास्थ्य, घरायसी सामान तथा सेवा, मनोरञ्जन तथा संस्कृति, फर्निचर तथा घरायसी उपकरण रहेका छन् ।
त्यस्तै, न्यून मूल्यवृद्धि भएका शीर्ष १० वस्तुहरूमा तरकारी, घ्यू तथा तेल, सञ्चार, मासु तथा माछा, दाल, दुग्ध पदार्थ तथा अण्डा, चिनी तथा मिठाइ, लत्ता कपडा तथा जुत्ता तथा हल्का पेय पदार्थ छन् ।
वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २०७९ फागुनमा ५.६४ प्रतिशत रहेको छ। रेस्टुरेन्ट तथा होटलको १४.०९ प्रतिशत रहेको छ। त्यसै गरी, यस्तो सूचकाङ्क मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ। २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत रहेको थियो।
हेर्नुहोस् तथ्याङ्क :
सबैभन्दा उच्च र न्यून मूल्य वृद्धि भएका वस्तु तथा सेवा

रुस-युक्रेन युद्धबाट विश्वव्यापी आपूर्ति प्रणालीमा आएको व्यवधानले खाद्य पदार्थ, आयातित कच्चा पदार्थ, इन्धन लगायतका वस्तुको मूल्यमा भएको वृद्धि, नेपाली रुपैयाँको अमेरिकी डलरसँग भएको अवमूल्यन र कोभिड-१९ को नियन्त्रणसँगै विश्व बजारमा बढ्दो समष्टिगत मागका कारण उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको सर्वेक्षणमा बताइएको छ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५३ प्रतिशत रहेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो।
उपभोक्ता मूल्य स्थिति
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५३ प्रतिशत रहेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा काठमाडौँ उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ। २०७८ फागुन महिनामा यस्तो मुद्रास्फीति क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण