सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत, १४ हजारले पाए रोजगारी

आइतबार, १४ जेठ २०८०, १६ : १८
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहले बेरोजगारहरूको सूचीकृत गरेका छन् । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ती स्थानीय तहले आफ्ना पालिकामा बस्ने ८ लाख ४१ हजार बेरोजगार व्यक्ती सूचीकृत गरेका हुन् ।

जसमध्ये ४१ हजार २९१ जना रोजगारीका लागि छनौट भएका थिए भने १४ हजार ८४ जनाले रोजगारी पाएका छन् । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ७ लाख ८ हजार बेरोजगारमध्ये १ लाख ६३ हजार जनाले रोजगारी पाएका थिए ।

यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन तथा व्यवस्थापन गरी सूचीकृत बेरोजगारलाई रोजगारीका अवसर उपलब्ध गराउन रोजगार संयोजक ६८६, प्राविधिक सहायक ६७५ र रोजगार सहायक ५०७ गरी १८ सय ६८ जना कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप