७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत, १४ हजारले पाए रोजगारी
आइतबार, १४ जेठ २०८०, १६ : १८
काठमाडौँ । देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहले बेरोजगारहरूको सूचीकृत गरेका छन् । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ती स्थानीय तहले आफ्ना पालिकामा बस्ने ८ लाख ४१ हजार बेरोजगार व्यक्ती सूचीकृत गरेका हुन् ।
जसमध्ये ४१ हजार २९१ जना रोजगारीका लागि छनौट भएका थिए भने १४ हजार ८४ जनाले रोजगारी पाएका छन् । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ७ लाख ८ हजार बेरोजगारमध्ये १ लाख ६३ हजार जनाले रोजगारी पाएका थिए ।
यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन तथा व्यवस्थापन गरी सूचीकृत बेरोजगारलाई रोजगारीका अवसर उपलब्ध गराउन रोजगार संयोजक ६८६, प्राविधिक सहायक ६७५ र रोजगार सहायक ५०७ गरी १८ सय ६८ जना कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण