यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको पहिलो नम्बरमा उक्लिएको छ । नेपाल टेलिकमलाई पन्छाउँदै प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको शीर्ष स्थानमा उक्लिएको हो ।
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै नाफा आर्जन गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसपछि, दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको तथ्यांक मन्त्रालयले दिएको छ ।
यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थानको तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा कमाउँदा नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण