शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान

आइतबार, १४ जेठ २०८०, १६ : २४
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको पहिलो नम्बरमा उक्लिएको छ । नेपाल टेलिकमलाई पन्छाउँदै प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको शीर्ष स्थानमा उक्लिएको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै नाफा आर्जन गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसपछि, दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको तथ्यांक मन्त्रालयले दिएको छ ।

यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थानको तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा कमाउँदा नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप