काभा भलिबलमा भारत च्याम्पियन
काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै उपाधि चुमेको हो ।
एकपक्षीय फाइनल खेलमा भारतले कजाकस्तानलाई ३—० सेटले पराजित गर्यो । फाइनल खेलमा भारत २५—१५, २५—२२, २५—१८ अंकले विजयी भयो । प्रतियोगितामा नेपाल तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले हराएको थियो ।
नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो । नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो ।
गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल गर्यो । प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण