भारतसँग आत्मविश्वासका साथ डिल गर्न पूर्वमन्त्री खड्काको आग्रह
काठमाडौँ । पूर्व परराष्टमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा आत्मविश्वासका साथ कुरा राख्न सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डको छलफलपछि पूर्व परराष्ट्रमन्त्री खड्काले आत्मविश्वासका साथ भारतसँग डिल गरेपछि मात्र सफलता मिल्ने बताए ।
‘राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मा विश्वासका साथ कुरा राख्न भनेको छु । आत्मविश्वासका साथ भारतसँग डिल गर्नुभयो भने सफलता मिल्न सक्छ भनेर मैले प्रधानमन्त्री सुझाव दिएको छु,’ उनले भने । उनले अगाडि भने, ‘संयुक्त विज्ञप्ति आउँदा नेपालमा प्रश्न उठ्ने अवस्था आउनु दिनु हुँदैन । यसपाली भ्रमण राम्रो भए छ भन्ने खालको दृष्टिकोण लिएर जानुपर्छ ।’
भारत भ्रमणमा पुरा तयारीका साथ जान पनि उनको सुझाव छ । ‘एजेण्डाबारे गम्भीर गृहकार्य गरेर जानुहोला । विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्छ । सम्झौताको ताँती लाउनुभन्दा कार्यान्वयन गर्नुपर्छ । सम्झौता गर्दै छोड्दै नगरौँ,’ खड्काले भने ।
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण