जसपाको विधान अधिवेशन फेरि सर्यो, संशोधित विधान मस्यौदा पारित
आइतबार, १४ जेठ २०८०, १९ : ५०

काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन पुनः सरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले असार ९ मा तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो। सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएका कारण विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । सो पार्टीको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।
आइतबारको बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ । राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ । विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा