गणतन्त्रमाथि आक्रमण भइरहेको प्रदेश प्रमुख शर्माको टिप्पणी
काठमाडौँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गणतन्त्रमाथि आक्रमण भइरहेको टिप्पणी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेश हेटौँडामा १६ औँ गणतन्त्र दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले देशले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र गम्भीर अवस्थाबाट गुज्रिएको उल्लेख गरे ।
‘अझै पनि हामीले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र शैशव कालबाटै गुज्रिरहेको छ । यसलाई विभिन्न जोड र कोणबाट आक्रमण हुने क्रम सुरु भएको छ,’ उनले भने, ‘अझै पनि अस्थिरता र सङ्क्रमणका बादलहरू छाँटिएका छैनन् । हामीले हाम्रा किसानहरूबाट बालीको संरक्षण र गोडमेलको शैली सिक्नुपर्छ ।’
यस्तै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको लगानी अभिवृद्धि गर्दै नागरिक हक–हित रक्षाका लागि एकजुट हुनुपर्ने धारणा राखे । प्रदेश प्रमुख शर्माले संविधानमा प्रदत्त मौलिक हक तथा मानव अधिकारको प्रत्याभूति गर्न प्रदेश सरकारको भूमिका गतिशील हुनुपर्ने पनि बताए । जनताको आर्थिक समृद्धिको लागि प्रदेशमा सरकारले दलगत स्वार्थभन्दा माथि उठेर कार्यक्रम तर्जुमा गरी अघि बढ्नुपर्नेमा शर्माले जोड दिए ।
संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार अझ बढी दृढ सङ्कल्पित हुन सक्नुपर्ने उनको भनाई छ । ‘संविधानले मार्ग निर्देशित गरेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको अवलम्बनबाट समृद्ध राज्य निर्माण गर्नुपर्छ । आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सहित समुन्नत समाज निर्माणमा अग्रसर हुनुपर्छ,’ प्रदेश प्रमुख शर्माले भने ।
शहीदहरूको बलिदानको जगमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व रहेको उनले बताए ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण